केतन क्षेत्रीको स्वरमा रहेको ‘आर्शिवाद’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सुरज गैरे ‘विवश’ र अशोक कुमार तिमल्सिनाको शब्द रहेको गीतमा सुभाष भुसालको संगीत सुन्न सकिन्छ । धन कमाउनका लागि परदेशमा श्रम बेच्न बाध्य नेपालीलाई कोरोनाले दिएको बज्रपातको कथालाई गीतले उठाएको छ ।
आमा गम्भीर विरामी हुँदा समेत स्वदेश फर्किन नपाउँदाको पीडालाई गीतमार्फत प्रस्तुत गरिएको छ । आमा र छोराको अपुरो कहानी भनिएको गीतको भिडियोमा मिथिला शर्मा, अशोक तिमल्सिना, मार्क एन्थोनी मुन्नरी, सुरज लामा, मणी थकाली लगायतको अभिनय रहेको छ ।
अशोक कुमार तिमल्सिनाको कथा र निर्देशन रहेको भिडियोलाई पारस तिमल्सिनाले निर्माण गरेका हुन् । सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा अनिल तिमल्सिना बाल कलाकारको रुपमा छन् । कोरोना कालको समयको कथामा तयार पारिएको भिडियो निकै मनछुने बनेको छ ।
भिडियो :-