विज्ञापन सम्पादनमा भरतको व्यस्तता



कोरोना भाइरसका कारण लामो समय ठप्प रहेको विज्ञापन क्षेत्र पहिलो र दोस्रो चरणको बन्दाबन्दीपछि केही जुरमुराउन थालेको छ । अहिले विज्ञापनको छायांकन तथा निर्माण धमाधम भइरहेका छन् । विज्ञापन निर्माण बढ्न थालेपछि चलचित्र र म्यूजिक भिडियोका सम्पादक भरत रेग्मीको व्यस्तता पनि बढेको छ ।

नेपालमा टेलिभिजन कार्यक्रममा क्लिन फिल्ड लागू भएसँगै विज्ञापनको निर्माण बढेपछि आफू अहिले विज्ञापन निर्माण तथा सम्पादन, कलरिङमा व्यस्त भएको भरतले बताएका छन् । पछिल्लो समय भरतले आइएमइ पे, कुमारी बैंक, फुडमान्डु, फोन पे, जिआईजेड हेल्थ केयर, इकोनोमी कन्क्लेभ, जगदम्बा, दिया तेल, टिभिएस बाइकसहित विभिन्न उत्पादनको विज्ञापन तयार पारिसकेका छन् ।

पछिल्लो तीन महिनायता आफूलाई थुप्रै विज्ञापन निर्माण तथा सम्पादन, कलरिङको काम आएको भरत बताउँछन् । डेढ दशकभन्दा लामो समय कान्तिपुर टेलिभिजनमा काम गरेका उनले पछिल्लो समय फ्रिलान्सरको रुपमा आफैंले सम्पादन कक्ष खोलेर काम गर्दै आएका छन् ।

‘बुढेसकालैमा, किन दुख्छ मुटु, हेर्दा राम्रो, हरेक शब्द, तीन ढिक्के फूली, माया बस्यो मुटुमा, सिन्धुलीगढी घुमेर हेर्दा, आगे आगे तोपैको गोला’ लगायतका म्यूजिक भिडियोहरु सम्पादन गरिसकेका उनले ‘अन्दाज, कलिउड, ऋतु, कथा काठमाडौं, सुश्री सम्पत्ति, चौका दाउ’ लगायतका चलचित्रको पनि सम्पादन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu