काठमाण्डौ। गायिका अन्जु पन्त र उनकी छोरी परितोषिका पन्त एकसाथ मिडियामा आएका छन् । पन्तद्वारा पहिलो पटक सङ्गीतवद्ध ‘धेरै माया नदेऊ मलाई’ बोलको नयाँ गीतको प्रचार गर्ने हेतुले उनिहरु सँगै मिडियामा देखिएका हुन् ।
पन्तकै स्वरमा रहेको गीतको भिडियोमा गायिका पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको छ भने उनको साथमा देखिएका छन्, मोडेल कुन्साङ बोम्जन । आफ्नो साङ्गीतिक करियरमा यो गीत निकै विशेष र उत्कृष्ट बनेको गायिका पन्तको भनाई छ । छोरी परितोषिकाले पनि यो गीत धेरै मन पराएर यही गीतमार्फत् अभिनय यात्रा प्रारम्भ गरेको अन्जुले बताईन् । गीतकार सुरेश वाग्लेले आफूले यो गजल फरक ‘थिम’मा लेखेकाले आफूलाई विशेष मन परेको उनले बताईन् ।
ठुलोपर्दा टिभिसँगको कुराकानीमा अन्जु र परितोषिका स्नेह देख्न सकिन्छ । कुराकानीमा अन्जुले छोरीमाथी निकै ठुलो भरोषा राखेकी छन् भने केहि रहस्यहरु पनि खोलेकी छन् ।
हेर्नुहोस् कुराकानीः