नवोदित गायक कृष्ण कार्कीले अर्का गायक पवन भाटसँगको सहकार्यमा दशैँ तिहारलाई लक्षित गर्दै ‘ए आमा’ बोलको गीत सार्वजनिक गरेका छन् । दशैँ र तिहारको मर्म बोकेको गीतमा टाढा रहँदाको पिडालाई व्यक्त गरिएको छ ।
गीतमा शब्द हिराछवी श्रीषाको रहेको छ भने यसमा दर्पण यात्रीको संगीत रहेको छ । गीतमा विमला गिरी, दर्पण यात्री, दिया यात्री, सफलता, सुरज पुन र सागर लम्सालको अभिनय रहेको छ । भिडियोलाई सुजन श्रेष्ठले छायांकन गरेका हुन् भने यसमा दिन्सन शाहको सम्पादन रहेको छ ।भिडियोलाई गीतकार श्रीषाले नै निर्देशन गरेका हुन् ।
भिडियो: