नेकपा उपाध्यक्ष वामदेव गौतमले लेखेको ‘यो मुक्त भूमी, हो बुद्ध भूमी’ को गीत भिडियो सार्वजनिक भएको छ । गीतमा देशप्रतिको प्रेमभाव व्यक्त गरिएको छ । गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दुत गौतम बुद्ध र नेपाली कला संस्कृतिको बारेमा वर्णन गरिएको छ । गीतको भिडियोमा गौतम आफैं फिचर छन् ।
आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास नेता गौतमको छ । मनोहर सुनामको एरेञ्ज रहेको गीतमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् । गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुन् । गीतमा रोशनराज गुरुङ ,माण्डवी त्रीपाठी र अंजना गुरुङलगायतको स्वर रहेको छ । दीर्घ गुरुङले खिचेको गीतलाई जीवन थापाले सम्पादन गरेका छन् ।
गीतकार गौतमले आफ्ना ४३ गीतहरुलाई एकत्रित गरि गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । गीतहरु राष्ट्रिय भावहरुले भरिएका शब्दहरुमा बढि रचित छन् । विद्यालयस्तरदेखिनै गीत संगीत र कवितामा रुची राखेको बताउने गौतमले जीवनको उत्तरार्धमा आफ्नो चाहना पूरा भएको बताएका छन् । उनले सानैदेखि रुचीलाई अहिले राजनीतिसँगै अघि बढाइरहेको पनि बताएका छन् ।
भिडियो :-