हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’ का अभिनेता चडविक बोसम्यानको निधन भएको छ । ४३ वर्षीय बोसम्यानले चार बर्ष सम्म कोलन क्यान्सरसँग लडाईँ गरे, अन्तत: उनि हारे ।
उनको शुक्रबार राती घरमा नै निधन भएको हो । यसको पुष्टी ट्विटर मार्फत उनको परिवारले गरेका छन् । चडविकलाई सन् २०१६ मा कोलन क्यान्सर देखिएको थियो ।
‘ब्ल्याक प्यान्थर’मा कोस्टार रहेका उनले यो फिल्मबाट प्रख्याती कमाएका थिए । साउथ क्यारोलिनामा जन्मिएका बोसम्यानले गेट अन अप, फोर्टी टु लगायतका फिल्ममा अभिनय गरेका थिए ।