राष्ट्रिय झण्डा जलाउने गायकसहित ९ जना पक्राउ



सोमवार यूट्युबमा सार्वजनिक भएको ‘देशद्रोही’ बोलको गीतको भिडियोमा नेपालको राष्ट्रिय झण्डा जलाएको अभियोगमा प्रहरीले ९ जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा गीत गाउने ग्याल्जोम दोर्जे तामाङ्गसहित अभिनय र सम्पादक गर्ने व्यक्तिसम्म छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गायक तामाङलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । उक्त म्युजिक भिडियोको करिब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य आउँछ । भिडियो मकवानपुरको बागमति गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको हो ।

उक्त गीत यूट्युबमा सार्वजनिक भएलगत्तै चौतर्फी विरोध सुरु भएको थियो । सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन् । मुलुकी अपराध संहिता २०७४ मा राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu