लोक तथा दोहोरी गीत गायक बुद्धिसागर बस्यालले आफ्नो पहिलो तीज गीत ‘चस्मा लाएर’सार्वजनिक गरेका छन् । आफ्नै शब्द तथा स्वर रहेको यस गीतमा सत्कर्मको संगीत रहेको छ ।
समसामयिक बिषयलाई गीतमा प्रस्तुत गर्न सिपालु बस्यालले यसपटकको गीतमा नोबल कोरोना भाईरसलाई पनि समावेश गरेका छन् । १४ बर्ष क्यानडा बसेर नेपाल आएका गायक बस्यालले ‘बाहिर जाँदा कोरोनाको डर, घर बसौँ बुढिको करकर’ जस्ता शब्दहरु प्रयोग गरी बनाईएको गीतले श्रोताको मन जित्ने बिश्वास लिए ।
कुनै समयमा ‘बाजेका पालामा मोहोरपाथी नुन’, ‘डाँफे नाचेर’, ‘छमछम पाउजुले’, ‘मुरलीको धुन’ लगाएतका लोकप्रिय गीतले चर्चित बनेका बस्यालले लामो समयपछि यो गीत बजारमा ल्याएका हुन् । विवेक खड्काले निर्देशन गरेको यस गीतको भिडियोमा किस्मत भण्डारी, उदिरम खड्का, ज्ञान प्रसाद पोखरेल, दिपक भण्डारी, अर्जुन अर्याल, कृष्ण डाँगी लगायतको अभिनय रहेको छ ।
गीत हेर्नुहोस्: