गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग (द वेभ) आइतबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । डा.प्रकाश न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत डा.अर्जुन कार्कीले उक्त एल्बमको लोर्कापण गरेका हुन् ।
कोरोनाको कारण सोसियल डिस्टेन्सिङ कायम राख्नका लागि लोकार्पण कार्यक्रम भर्चुअल माध्यमवाट लोर्कापण गरिएको हो । तरंगको लोकार्पणपश्चात् डा. केशव भट्टराई, लेखिका निलम कार्की निहारिका, बरिष्ठ संगीतकार आलोकश्री, संगीतकार अम्बर तंबापो सुब्बा , रीमा श्रेष्ठ र कुशल गुरुंगले गीति एल्बम राम्रो बनेको प्रतिक्रिया दिँदै शुभकामना व्यक्त गरेका थिए ।
नेपाली गीतसंगीत क्षेत्रमा उदाउँदै गरेकी गीतकार कमला न्यौपाने लामो समयदेखि अमेरिकामा बस्दै आएकी छिन् । उनी पेशाले नर्स हुन् । गीतकार न्यौपानेले नेपाली साहित्यतर्फ गीत, कबिता, मुक्तक र गजल लेख्न मन पराउँछिन् । एल्बम लोर्कापणको अवसरमा बोल्दै उनले तरंग एल्बम मानिसका जीवनमा आइपर्ने सुख दुख, आरोह अबरोह, हाँसो, रोदन ,सुख, दुख मिलन, बिछोड, प्रेम, त्यागको संगम भएको बताइन् ।
चर्चित गीतकार तथा संगीतकार येदीन गजमेरले एकल संगीत रहेको एल्बममा राम कृष्ण ढकाल (मेरो झण्डा), स्वरूपराज आचार्य (धुवा धुवा), मेलीना राई र अनुप रेग्मी (होली रंग), बानीका प्रधान (सुनौलो बिहानी), कर्ण बीर (रिमा रिमा), अनुप रेग्मी र मिलन नेवार (एक कदम) मा स्वर रहेको छ ।
भिडियो हेर्नुहोस् :-