‘कालो पोथी’ अब चलचित्रको पर्दामा



भेनिस फिल्म महोत्सव’बाट फिल्म बनाउन ५५ लाख रुपैयाँको पुरस्कार जितेका  नेपाली निर्देशक मीनबहादुर भामले ‘कालो पोथी’ चलचित्र निर्माण गर्ने घोषणा गरेका छन । आईतवार राजधानीमा एक कार्यक्रम गरी यो चलचित्रले पुरस्कार जितेको औपचारिक जानकारी सहित चलचित्रको निर्माण घोषणा गरिएको हो ।

kalo-pothi

छिरिङरितार शेर्पा यो चलचित्रको निर्माता बन्दै छन । ‘कालो पोथी’ को सुटिङ् आउँदो दशैंसम्ममा सुरु गरिने कार्यक्रममा जानकारी गराईयो ।पुरस्कारले आँफुलाई निकै उत्साहित बनाएको बताउँदै निर्देशन मिनले यो कथालाई छिट्टै नै पर्दामा उतार्न चाहेको बताएका थिए । यो चलचित्रमिला प्रोडक्सन र स्नुई फिल्मसको संयुक्त व्यानरमा निर्माण हुनेछ ।

 

‘भिजन सुड इस्ट’ नामक उक्त पुरस्कारका लागि एसिया,  अफ्रिका,  ल्याटिन अमेरिका र पूर्वी युरोपका फिल्मकर्मीहरुबीच प्रतिस्पर्धा भएको थियो । तीमध्ये ‘कालो पोथी’ सहित दुई फिल्मलाई ‘प्रोडक्सन फन्ड’नै दिइएको हो । स्विजरल्यान्डको फ्राइबर्ग फिल्म फेस्टिभलले स्विस सहयोग संस्था (एसडिसी) को सहयोगमा प्रदान गर्ने ५० हजार स्विज फ्य्रांक (५५ लाख नेरु) मीनले पाएका हुन् ।

 

कर्णाली अञ्चलमा सुटिङ गरिने ‘कालो पोथी’ चलचित्रमा दश वर्षे माओवादी युद्धले कर्णालीका विद्यार्थीहरुमा पारेको असरलाई समावेश गरिनेछ । ‘कर्णालीतिरकै भाषा पात्रहरुले बोल्नुपर्ने भएकाले कलाकार कसरी जुटाउने भन्नेमा भने अन्योलता रहेको  भामले बताए।

 

दुर्गम गाउँका दुई कलिला केटाहरुले लिएको समान लक्ष्यमा ‘कालो पोथी’आधारित हुनेछ । ‘उनीहरुकै दृष्टिविन्दुबाट वर्णन गरिने ‘कालो पोथी’को कथा नेपालको दस वर्षे सशस्त्र युद्धकालको परिवेशमा उभिएको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu