‘पिरिम नलाउने’ समुहको ‘गलबन्दी पच्छ्यौरी’ गीत सार्वजनिक (भिडियो)



नेपाली म्युजिक भिडियो इतिहासमै युट्युबमा सर्वाधिक हेरिएको म्युजिक भिडियो ‘पिरिम नलाउने’ को सफलता पश्चात गायक आशिष सचिनको अर्को प्रस्तुती ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक भएको छ । ‘पिरिम नलाउने’ समुहकै सहभागितामा गलबन्दि पच्छ्यौरी तयार भएको हो ।

कोभिड १९ को प्रभावको बीच सामाजिक दूरी र सतर्कता अपनाउँदै आज काठमाडौंमा सम्पन्न एक कार्यक्रममा ‘गलबन्दी पच्छ्यौरी’ सार्वजनिक गरिएको हो । गायक आशिष सचिनको स्वर तथा अभिनय रहेको ‘गलबन्दी पच्छ्यौरी’ लाई उक्त गीतको टिम र केही पत्रकारहरुको सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।

चार दिन लगाएर खिचिएको गीतमा नेपाली परम्परागत रोटेपिङ, लिङ्गे पिङ, हाटबजारको दृश्यलाई कलात्मक शैलिमा प्रस्तुत गरिएको छ । गीतलाई अघिल्लो गीत ‘पिरिम नलाउने’लाई जस्तै दर्शकले मन पराउनेमा आफू विश्वस्त रहेको अभिनेत्री वर्षा राउतले बताईन् ।

ओएसआर डिजिटलको निर्माण रहेको गीतमा गायक आशिष सचिनलाई गायिक मेलिना राईले स्वरमा साथ दिएकी छिन् । ‘पिरिम नलाउने’कै संगीतकार दीपक शर्माको शब्द तथा संगितमा रहेको गीतको भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।

गीत तथा भिडियोमा प्रायः ‘पिरिम नलाउने’ कै टिमको सहभागीता रहेको छ । गम्भिर विष्टको कन्सेप्ट तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा गायक आशिष सचिनका साथै वर्षा राउत, रेश्मा घिमिरे, पवन खतिवडा म्याकुरी, सिंगे लामा, अरविन खड्का, आर्शिना भट्टराई लगायतको अभिनय रहेको छ ।

ओएसआर को आधिकारी युट्युव च्यानलमा सार्वजनिक भएको यस गीतको भिडियोलाई अर्जुन तिवारी र टिमले खिचेका हुन भने यसमा नविन निरौलाको सम्पादन रहेको छ । यसअघि ‘पिरिम नलगाउने’ गीत युट्युवमा दर्शकले अत्याधिक रुचाएका कारण सोही कलाकार र टिम मिलेर पिरिम नलाउनेको प्रिक्वेलस्वरुप ‘गलबन्दि पच्छ्यौरी’ तयार पारिएको गायक तथा भिडियोका निर्माता आशिष सचिनले जनाए ।

आरम्भ ‘पिरिम नलगाउने’ भनिएको म्युजिक भिडियोमा एक बर्षअघि सार्वजनिक सफल म्युजिक भिडियो ‘पिरिम नलाउने’को भन्दा अगाडिको कथा देखाइएको छ । सर्टफिल्म शैलीमा बनाइएको सो प्रिक्वेल म्युजिक भिडियोमा दश बर्षअघिको गाउँघरको परिवेशमा मौलाएको युगल प्रेमलाई कथाका रुपमा चित्रित गरिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu