बलिउड अभिनेता शाहरुख खानलाई बलिउडको किङ्ग भनिन्छ । उनको जीवनी हरेक मानिसलाई प्रेरणाको स्रोत बन्ने गर्दछ । जुन स्टारडमको मानिसहरु कल्पना पनि गर्न सक्दैनन्, शाहरुख आज त्यो स्थानमा रहेका छन् । शाहरुखलाई शीर्ष स्थानमा पुर्याउन उनको मेहनतको अहम भूमिका छ ।
शाहरुख खानले आजभन्दा २८ वर्ष अगाडि चलचित्रमा डेब्यु गरेका थिए । उनको पहिलो फिल्म दीवाना २५ जुन १९९२ मा ठूलो पर्दामा रिलिज भएको थियो । दोस्रो लीड भएता पनि शाहरुखले सबैलाई आफ्नो दीवाना बनाए । यो चलचित्र ब्लकबस्टर साबित भयो र यसबाट फाइदा पनि भयो । यस चलचित्रमा ऋषि कपूर र दिव्य भारतीले शाहरुख खानको साथ मुख्य भूमिकामा अभिनय गरेका थिए ।
दीवानालाई राज कंवारले निर्देशन गरेका थिए । यो शाहरुख खान मात्र नभई निर्देशकका रूपमा राज कंवरको पहिलो चलचित्र थियो। शाहरुख खानका फ्यानहरूले उनको चलचित्रको २८ बर्ष पूरा भएको उत्सव मनाइरहेका छन् । ‘दीवाना’ शाहरुखको करियरमा टर्निङ पोइन्ट साबित भएको थियो । यो चलचित्रमा पहिला शाहरुख नभएर अरमान कोहली थिए ।
‘दीवाना’ मा कोहली र दिव्या भारतीको जोडी लिइएको थियो । अरमानले उक्त चलचित्रको लागि पोस्टरको फोटोसुटसम्म गरेका थिए । यहाँसम्म कि चलचित्रको पहिलो शेड्यूल अनुसार उनले शूट पनि गरे । तर, कुनै कारण बस अरमानले सो चलचित्र छोड्नु पर्यो ।
अरमानले बिचैमा चलचित्र छोडेपछि निर्देशक राज कवरको हैरान भए र उनले चलचित्र ‘दीवाना’ का लागि शाहरुख खानसँग सम्झौता गरे । त्यसपछि चलचित्रले लोभलाग्दो इतिहास रच्यो । चलचित्र सुपरहिट भयो र शाहरुख सुपरस्टार बने । उनको र दिव्या भारतीको जोडीलाई पनि दर्शकले खुबै रुचाए ।