अमेरिकी गायिका टेलर मामसेन सुन्दर छाला भएकी गायिकाका रुपमा लोकप्रिय छिन् । स्रोतहरुका अनुसार उनको स्वरका पारखी त छँदैछन् उनीहरु उनको आकर्षक छालाको समेत प्रशंसा गरिरहन्छन् ।
यी दुवै विशेषतासँगै टेलरले कम पहिरनमा तस्वीर खिचाउने आफ्नो स्वभावलाई पनि निरन्तरता दिइरहेकी छन् । २० वर्षीया गायिका टेलर कन्सर्टमै पहिरन खोलेर चर्चामा आइरहन्छिन् । टेलर यतिबेला एउटा फोटोसेसनका कारण चर्चामा छिन् । जसमा उनले शरीरको पछिल्लो भागलाई नांगो बनाएकी छन् ।
आफ्नो समूहको नयाँ एल्बम ‘गोइङ टु हेल’ को अवरणका लागि टेलरले त्यस्तो फोटो सेसन गराएकी हुन् । यो एल्बम आगामी मार्च १८ देखि बजारमा आउने बताइएको छ।