कंगना रनौत बलिउडकी सबैभन्दा उम्दा अभिनेत्रीमध्ये एक हुन् । उनले आफ्नो दमदार अभिनयबाट मानिसहरुलाई निकै प्रभावित गरेकी छन् । योसँगै उनले गएको वर्ष निर्देशनमा पनि आफ्नो यात्रा थालनी गरिन् । चलचित्र ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ को उनले निर्देशन गरेकी थिइन् भने आफैं लिड रोलमा थिइन् ।
हालै उनले आफ्नो नयाँ चलचित्र ‘अपराजित अयोध्या’ को बारेमा कुराकानी गरेकी छन् । यो चलचित्रको कहानी केवी विजयेन्द्र प्रसादले लेखेका छन्, जसले ‘बाहुबली’ सिरिज र ‘मणिकर्णिकाः द क्विन अफ झाँसी’ को कहानी लेखेका थिए । चलचित्रको कहानी पपुलर राम मन्दिर मामलामा आधारित हुनेछ । चलचित्रलाई कंगनाले निर्देशन गर्नैछिन् ।
कंगनाले भनेकी छन्, ‘चलचित्रको निर्देशन गर्ने प्लान मेरो होइन । म यो चलचित्रलाई निर्माण गर्न चाहन्थेँ । केवी विजयेन्द्र प्रसादले यसको स्क्रिप्ट एक चलचित्रको सेटमा निकै ठूलो क्यानभासमा सुनाए । मेरो हिस्टोरिक चलचित्रको निर्देशनको आधारमा मेरा साथीहरुले मलाई निर्देशन गर्न सुझाव दिएका छन् । उनीहरु चाहन्छन् कि यो चलचित्रको निर्देशन म गरुँ ।’
कंगना रनौतले अगाडि भनेकी छन्, ‘मलाई लाग्छ कि यदी म यो चलचित्र मन पराउँछु भने यसको निर्देशन गर्नु राम्रो हुन्छ । यसकारण यो सबै स्वभाविक रुपमा भयो ।’ यो चलचित्र कंगनाको प्रोडक्सन हाउसले निर्माण गर्नेछ । सोलो निर्देशकको रुपमा उनको यो पहिलो चलचित्र हुनेछ । उनी चलचित्र निर्देशकलाई लिएर आफू नर्भस नभएको बताउँछिन् ।