अमेरिकाको भर्जिनिया बस्दै आएका सर्जक निलकण्ठ सुवेदीको देशभक्ति गीत ‘छिमेकीले पेलीसक्यो’ रिलीज भएको छ । भारतले समय समयमा गर्ने गरेको सीमा अतिक्रमण तथा प्रकृतीबाट पाईने चोट समेटेर गीत तयार पारिएको छ ।
गीतले मातृभुमी प्रतीको प्रगाढ प्रेम झल्काउँछ । सुवेदीको रचना रहेको यस गीतमा राम कार्की र शान्ति चेतनाले स्वर दिएका छन् भने रामले नै संगीत दिएका छन् ।
रचनाकार सुवेदी प्रवासमा नेपाली साहित्यमा कलम चलाउँदै आएका सर्जक हुन् ।
भिडियो: