लकडाउनको समयमा शहरको एक फ्ल्याटमा अड्किरहेका युवाको कथामा बनेको नेपाली लघु चलचित्र ‘घर’ इन्टरनेटमा रिलीज भएको छ । विश्वव्यापी रुपमा महामारी बनेको कोरोनाबाट हरेक क्षेत्र तहसनहस छ । कति हिँडेर घर पुगेका छन् भने कति पुन: काम शुरु हुने भयो भनेर शहर फर्किँदा कोरोनाबाट पीडित हुनुपरेको छ ।
लकडाउनको समयमा विभिन्न समस्याबाट गुज्रिएको युवाको कथालाई समेटेर निर्देशन नेत्र गुरुंगले लघु चलचित्र ‘घर’ बनाएका हुन् । घर छाडेर शहर जानुको कारण, प्रेममा पाएको धोका, बुबाआमाको सम्झना जस्ता मनोसंवेदना घरमा छन् ।
यस चलचित्रमा रोहन नेपाली, बिजय राज अधिकारी, सुशन श्रेष्ठ, भरत छन्त्याल, पूर्ण जिसी. हिमा जिसी, साधना शर्मा लगायतको अभिनय रहेको छ । प्रकाश गुरुङ ‘काश’ को छायांकन, नेत्र गुरुङको लेखन/निर्देशन/ सम्पादन, भरत छन्त्यालको सहनिर्देशन र बिजयराज अधिकारीको निर्माण रहेको छ ।
चलचित्र हेर्नुहोस्: