लिपुलेकबारे भारतिय मीडियाको अतिवाद, मनिषा कोइराला विरुद्‌द मीडियाको आक्रमण



बुधवार दिनभर नेपाली तथा बलीउड नायिका मनिषा कोइरालाले भारतिय मीडियाको आक्रमण सहनु परेको छ । भारतले अतिक्रमण गरी सडक समेत बनाएको भूभागलाई समेटेर सरकारले नयाँ नक्सा पास गरेपछि मनिषाले नेपालको पछमा ट्वीट गरेकी थिइन् ।

कोइरालाले नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीट रिप्लाई गर्दै नेपाल सरकारलाई धन्यवाद दिएकी थिइन । उनले ट्वीटमा लेखेकी छन्, ‘ हाम्रो सानो राष्ट्रको गरिमा राखेकोमा धन्यवाद । अब तीन वटै राष्ट्रहरुबीच शान्तिमय र सम्मानजनक वार्ताको प्रतिक्षामा छौँ’।

मनिषाको यहि ट्वीटलाई लिएर केहि भारतिय टेलिभिजन च्यानलहरुले उनलाई ‘भारतको खाएर चीनको गीत गाउने’ भन्दै दिनभर प्रशारण गरेका छन् । विभिन्न अनलाईनहरुले पनि नेपालको समर्थन गरी भारतको भुभाग नेपालको भएको मनिषाले बताएको प्रकाशन गरेका छन् ।

कलाकार कुनै पनि देशको हुन सक्छ तर जब सत्यता र राष्ट्रीयताको कुरा आउँछ कलाकारले आफ्नो राष्ट्रको लागि बोल्छ भन्ने कुरा मनिषाले प्रमाणित गरेकी छन् । मनिषाले सीमा र नक्साको बिषयमा पूर्वराजा ज्ञानेन्द्र शाहको ट्वीट पनि आरटी गरेकी छन् ।

मन्त्रिपरिषद्ले नेपालको क्षेत्र अन्तर्गत लिपुलेख, कलापानी, लिम्पियाधुरा दाबी गर्दै देशको नयाँ नक्शालाई अनुमोदन गरेपछि भारत लगायतका देशहरुमा खैलाबैला मच्चिएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको लोगोको मर्म अनुसार व्यवहार नभएको बताएपछि यो बिषय थप तातेको छ । ओलीले आफ्नो भुभाग कुनै हालतमा फिर्ता ल्याउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu