काठमाण्डौ। समयको परिवर्तनसँगै हरेक श्रृजनाको दायरा बढ्दै गएको छ । बिशेष गरी कविता भन्ने बित्तिकै लेख्ने र पढ्ने साहित्य भनेर बुझ्ने गरिन्छ । तर आजकल पढेर मात्र हामीलाई पुग्दैन । हामी सुन्न चाहन्छौँ त्यो पनि वाचकलाइ प्रत्यक्ष हेर्दै ।
पहिले पहिले कुनै महोत्सव वा साहित्यिक भेलामा कविले प्रत्यक्ष वाचन गरेर कविताले मनोरंजन तथा सन्देश दिलाउँथे । आजकल भने प्रत्यक्ष कविता हेर्न सुन्न कुनै सम्मेलन कुर्नु पर्दैन । अनलाइन माध्यमको विकास पछि कृतिकारहरु आजकल हाम्रै हातमा आफ्ना कृति वाचन गरिरहेका हुन्छन् ।
यसैबीच चर्चित संचारकर्मी नरेश भट्टराईले पनि आफ्ना पुराना देखी नयाँ कविताहरुको सन्दुक खोलेका छन् । उनि कविको रुपमा हाम्रो हात हातमा आएका छन् । आफुले बि.सं. २०५६ सालदेखी रचना गरेर राखेका कविता भन्दै भट्टराई यूट्युबमा आएका छन् । हालै मात्र कोरोना माहामारी पछिको लकडाउनको बिषयमा कविता भनेका उनले साप्ताहिक रुपमा सबै भावका कविता भन्नेछन् ।
‘नरेश भट्टराई’ नामक आफ्नै च्यानलमा उनि कविता भन्दै गरेको भेटिनेछन् । ‘मैले ५६ सालदेखी कविता लेखेको भएतापनि प्रत्यक्ष रुपमा आफुलाई कवि भन्न पाएको थिइन । यो लकडाउनले मलाई म पनि कवि हुँ भन्ने देखाउने मौका दिएको हो’ हामीसँगको कुराकानीमा भट्टराईले भने ।
कवितासँगै उनले झण्डै तीन सय बढि गीत लेखेका छन् । उनले चलचित्रका गीतहरु, आधुनिक, पप, लोकपप तथा राष्ट्रीय गीतहरु रचना गरेका छन् । प्राय: उनका चलचित्रका गीतहरु लोकप्रिय छन् । उद्घोषक, कलाकार, कथाकार, स्क्रिप्ट लेखक तथा गीतकारको रुपमा परिचित नरेशका ‘न कुनै बन्धन न कुनै परिधि’, ‘तिमी नै हौ’, ‘कति माया’, ‘हे माया’, ‘आफ्नै छायाँले’, ‘जले म जलेँ’ लगायतका गीतहरु चर्चित छन् ।
हेरौँ अहिलेसम्म सार्वजनिक भएका नरेशका कविताहरु: