राहत नपाउनेको पीडामा बन्यो लघु चलचित्र



संसार भर कोरोना भाइरसले आक्रान्त पारिरहेको बेला लघु चलचित्र ‘राहत’ सार्वजनिक भएको छ । पोखराका चलचित्रकर्मीहरुको सक्रियतामा बनेको उक्त चलचित्रमा संचारकर्मी समेत रहेका रेम रसाईली, बिभु भुषाल र अनिसा श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस अघि चलचित्र ‘नाईके’ निर्देशन गरेका नेत्र गुरुङको निर्देशनमा बनेको चलचित्रमा सरकारले गरेको लकडाउनबाट पीडित मजदुरको कथा समेटिएको छ । राज्यले असी करोडको राहत बाँडिएको बताईरहँदा वास्तविक पीडितले भने राहत नपाएको तर जनप्रतिनिधिका आसेपासेहरुले राहतमा रजाईँ गरेको आभास दिने गरी उक्त चलचित्र बनाईएको छ ।

‘कोरोना संक्रमणको विश्वव्यापी असरलाई कम गर्न नेपाल सरकारले लकडाउन गर्दा मजदुर तथा विपन्न वर्गका समस्या र उनीहरुका लागि भनेर छुट्टाईएको राहत सहि ठाउँमा नपुगेको खबर सुन्दा नरमाईलो लाग्छ’ निर्देशक गुरुङले भने, ‘यही कुरालाई हामीले सिम्बोलिक रुपमा यो फिल्ममार्फत भन्न खोजेका हौँ’ ।

यो चलचित्रलाई यूट्युब मार्फत हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu