बलीउड अभिनेता ऋषि कपूरको निधन



बलीउड अभिनेता ऋषि कपूरको निधन भएको छ । भारतिय मीडियाका अनुसार उनि मुंबईको गिरगाउँ स्थित सर एचएन रिलायन्स फाउंडेशन अस्पतालमा भर्ना भएका थिए । सोही अस्पतालमा उनको ६७ बर्षको उमेरमा बिहिवार बिहान ५:२० बजे निधन भएको हो ।

उनको स्वास्थ्य बुधवार साँझ अचानक बिग्रिएको र उनलाई सास फेर्न गाह्रो भएपछि अस्पाल भर्ना गरिएको थियो ।

उनि न्यु योर्कमा लगभग एक वर्ष लामो क्यान्सर उपचार पछि सेप्टेम्बर २०१९ मा भारत फर्केका थिए । उनलाई २०१८ मा क्यान्सर पत्ता लागेको थियो र उनले एक बर्षसम्म उपचार गराएर निको भएका थिए ।

गत बिहिवारदेखी उनको स्वास्थ्यमा खराबी आएको थियो । सोही दिन उनलाई अस्पताल लगिएको थियो तर चार घण्टा पछि डिस्चार्ज गरिएको थियो । अस्पताल जानको लागी महाराष्ट्र सरकारले उनलाई बिशेष पासको व्यबस्था गरेको थियो । उनको मेडिकल रिपोर्ट बीएमसी तथा हेल्थ डिपार्टमेन्टमा पठाइएको थियो ।

ऋषि एक महिना अघिदेखी शोसल मीडियामा सक्रिय थिएनन् । २ अप्रिल पछि उनले ट्विटर अकाउण्टमा केहि पनि पोस्ट गरेका छैनन् । उनले दीपिका पादुकोणको साथमा हलीउड फिल्म ‘द इन्टर्न’ रीमेकमा काम गर्ने घोषणा गरेका थिए ।

बुधवार मात्रै क्यान्सरकै कारण अर्का बलीउड अभिनेता इरफान खानको निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu