गायक एवं संगीतकार प्रधानलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड



[one_half last=”no”]prem-dhoj-pradhan
[dropcap]स्टा[/dropcap]र एफएमले यो बर्षदेखी वितरण गर्न लागेको ‘स्टार एफएम म्युजिक अवार्ड’को मनोनयनमा परेका हरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।

मंगलवार राजधानीमा एक कार्यक्र गरी बिभिन्न २४ विधामा मनोनयनमा परेका स्रष्टाहरुलाई प्रमाणपत्र वितरण गरिएको हो। [/one_half]

राष्ट्रिय भावनाको गीत, लोकगीत दोहोरी गीत, सुगम संगीत, चलचित्र गीत, एवं पप गीतका विभिन्न कलाकार एवं प्राविधिक तथा स्रष्टाहरुलाई सिर्जनात्मक आधारमा मुल्याङ्कन गर्दै जुरीहरुको छनोटका आधारमा अवार्ड वितरण गरिनेछ ।

प्रमाणपत्र बिरतण कार्यक्रममा नेपालका चर्चित गायक रामकृष्ण ढकालदेखी राजेशपायल राई, आस्था बी, आश्था राउत लगायतका संगितकर्मीहरुको उपस्थिती रहेको थियो ।

यसैबीच पहिलो ‘स्टार एफएम म्युजिक अवार्ड’मा लाईफ टाईम अचिभमेन्ट अवार्ड वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधानलाई दिईने भएको छ । कृष्ण ताम्राकारलाई रेडियोकर्मी सम्मान प्रदान गरिने घोषणा गरिएको छ ।

बिभिन्न माध्यमबाट सांगितिक क्षेत्रको सम्मानमा लागिरहेका स्रष्टाहरुको सम्मानमा तथा नव-प्रवेशीहरुलाई प्रोत्साहन दिने हेतुले यो बर्षदेखी ‘स्टार एफएम म्युजिक अवार्ड’ गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu