बलिउडका चर्चित अभिनेता टाइगर श्राफले भारतमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै घरभित्र समय बिताइरहेको बताएका छन् । भारत सरकारले तीन हप्ताका लागि लकडाउन गरिसकेको छ ।
उनले एक मिडियासँगको अन्तर्वार्तामा भनेका छन्, ‘म मेरो परिवारसँग दिन बिताइरहेको छु । म मेरो बहिनी, बुबा र आमासँग रमाइला दिनहरु बिताइरहेको छु ।’
उनी अगाडि भन्छन्, ‘मेरो घरमा जिम छैन । घरमा नै सुत्ने/बस्ने र खाने काम मात्र भएको छ । मोटाउन थालेको छु ।’