प्रदर्शनको पहिलो दिन कमजोर ओपनिङ गरेको बलिउड अभिनेत्री रानी मुखर्जीको चलचित्र ‘मर्दानी २’ अहिले भने बक्सअफिसमा राम्रो कमाई गर्न थालेको छ । गएको साता अगाडि रिलिज भएको चलचित्रले एक हप्तामा २६ करोडको कमाई गर्न सफल भएको छ ।
‘मर्दानी २’ ले पहिलो दिन ३ करोड ८० लाखको व्यापार गरेको थियो । थ्रिलर कहानी रहेको चलचित्रमा भारतमा भइरहेको बलात्कारको कथा रहेको छ । रानीको भुमिकालाई दर्शकहरुले मन पराएका छन् भने समिक्षकहरुले पनि चलचित्रको तारिफ गरेका छन् ।
यस चलचित्रको बक्सअफिस कलेक्सन विस्तारै बढ्ने अनुमान गरिएको छ । चलचित्रमा रानीले एक निडर पुलिस अफिसरको भूमिका निभाएकी छन् । जो एक रेपिस्ट-सिरियल किलरलाई खोजीमा छिन् । ‘मर्दानी २’ लाई ‘मर्दानी’ को अघिल्लो पार्टभन्दा दमदार र थ्रिलिङ बताइएको छ ।