स्वर्गीय बलिउड अभिनेत्री श्रीदेवीकी छोरी जाह्नवी कपूरले गएको वर्ष प्रदर्शनमा आएको चलचित्र ‘धडक’ बाट बलिउडमा आफ्नो डेब्यू गरेकी थिइन् । यो चलचित्र बक्सअफिसमा सुपरहिट साबित भएको थियो । अब उनी दक्षिण भारतीय चलचित्रमा डेब्यू गर्न लागेकी छन् । साउथ सुपरस्टार विजय देवरकोन्डासँग उनले रोमान्स गर्नसक्ने बताइएको छ ।
उनकी आमा दिवंगत अभिनेत्री श्रीदेवीले पनि हिन्दी चलचित्रसँगै साउथ चलचित्रमा पनि काम गरेकी थिइन् । अब, जाह्नवी पनि आफ्नो आमाको बाटोमा देखिएकी छन् । प्राप्त जानकारी अनुसार, जाह्नवी र विजयले चलचित्रमा एकअर्कासँग काम गर्नका लागि मञ्जुरी दिइसकेका छन् । तर, चलचित्रमा दुईको प्रवेशलाई लिएर कुनै जानकारी दिइएको छैन ।
चलचित्रको नाम ‘फाइटर’ राखिएको छ । चलचित्रका लागि कियारा आडवाणी र आलिया भट्ट पहिलो रोजाइ थिए, तर उनीहरुले यो रोल गर्न अस्वीकार गरेपछि निर्माण टिमले जाह्नवीलाई अफर गरेको हो । योसँगै उनको पाइपलाइनमा ‘तख्त’, ‘रणभूमि’, ‘रूही आफ्जा’, ‘दोस्ताना २’ र गुञ्जन सक्सेनाको बायोपिक छ ।