अब ऋतिकको पारिश्रमिक ४८ करोड !



बलिउडका सुपरस्टार ऋतिक रोशनले यस वर्ष दुई सुपरहिट चलचित्र दिए । ‘सुपर ३०’ र ‘वार’ ले बक्सअफिसमा पैसाको वर्षात गरेको थियो । यी दुई चलचित्रको जबरजस्त सफलतापछि उनको बलिउडमा डिमाण्ड बढेको छ । हालसम्म ‘वार’ यस वर्षकै सबैभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ ।

यस चलचित्रको सफलतासँगै सिक्वेल बनाउने तयारीमा निर्माण टिम जुटेको छ । जसमा ऋतिक र टाइगर श्राफकै प्रमुख भूमिका हुने बताइएको छ । मिडिया रिपोर्टका अनुसार, एकपछि अर्को फिल्मले सफलता पाएपछि ऋतिकले आफ्नो चर्को बनाएका छन् । तर पनि उनलाई लिन मेकरबीच हानाथाप भैरहेको छ ।

उनलाई लिएर संजय लीला भंसाली, आनन्द राय, फराह खान, आदित्य चोपड़ा, करण जौहर र साजिद नाडियाडवालाले चलचित्र बनाउने हल्ला चलिरहँदा ऋतिकले आफ्नो पारिश्रमिक बढाएका हुन् । अब ऋतिकले एउटा चलचित्र खेलेबापत ४८ करोड भारतीय रुपैयाँ लिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu