भद्रगोल: नाम होइन पात्रहरु र प्रस्तुती हिट



काठमाण्डौ। केहि हप्ता रोकिएको लोकप्रिय हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’ यो हप्ता पुन: प्रशारणमा आयो । दर्शकले अत्याधिक रुचाएको यो टेलिश्रृंखला पुन: प्रसारण हुने खबर आउनु दर्शकको लागि खुशीको कुरा थियो तर त्यो खुशी प्रसारणको आधा घण्टा पनि टिक्न सकेन ।

दर्शकले सोचेका थिए ‘भद्रगोल’ पुरानै संरचनामा आउँछ, तर त्यसो हुन सकेन । जसको कारण सँधै वाहवाहि बटुलेको यो टेलिश्रृंखला पुन: प्रसारित पहिलो श्रृंखलामा नै अलोकप्रिय बन्न पुग्यो । उक्त श्रृंखला यूट्युबमा अपलोड भएको छ जसमा मन पराउने भन्दा दोब्बरको संख्यामा मन नपराउनेहरु देखिएका छन् । यो समाचार तयार पार्दासम्म दुई दिन अगाडी अपलोड भएको भद्रगोल नेपाल ट्रेण्डिङ्गको नम्बर सात तथा आठ लाख अठ्ठाईस हजार बढि भ्यूज सहित अठार हजार लाईक र चौँतिस हजार डिसलाईक देखिएको छ ।

यो हप्ताको श्रृंखलामा ‘भद्रगोल’लाई रोचक बनाईरहेका पात्रहरु ‘पाँडे’, ‘जिग्री’, ‘बले’, ‘कक्रोच’, ‘काकु’ लगायतका प्राय: सबै पात्रहरु देखिएनन् । निर्माण एजेन्सी मिडिया हबसँग सहमती हुन नसकेपछि दीपक आचार्य ‘काकु’, अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’को नेतृत्वमा रहेको भद्रगोल बन्द हुन पुग्यो । अहिले नयाँ भद्रगोलमा ज्योती काफ्ले ‘नक्कली बाबुराम भट्टराई’ र अशोक धिताल ‘बाहुन डन’को नेतृत्वमा प्रसारण भएको छ । नयाँ टीमका अशोक भने पुरानो टीमकै सदस्य हुन् । नयाँ कथावस्तु र नयाँ शैलीमा प्रसारण सुरु भएको भनिएपनि यो हप्ताको भद्रगोलमा पुराना केहि मूख्य पात्रहरुलाई चित्रण गरिएको छ । पुराना पात्रलाई हटाउने मनशायले उक्त श्रृंखलामा उनिहरुलाई देखाईएको प्रष्ट देखिएको छ ।

नयाँ टीमले बनाएको भद्रगोललाई यसका पुराना दर्शकले स्विकार्न नसकेको देखिएको छ । यसबाट प्रष्ट हुन्छ कि ‘भद्रगोल’ नाम होइन यसका पात्रहरु र प्रस्तुती बिकेको थियो ।

पुरानो टीमले दर्शकलाई पुन: खुशीको खबर दिएका छन् । उनिहरुले थिम त्यहि, पात्रहरु त्यहि तर नाम फरक बनाएर नेपाल टेलिभिजनमा नै बिहिबार राती ८:५० बजे नयाँ हाँस्य टेलिश्रृंखला लिएर आउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu