सत्य घटनामा आधारित लोकदोहोरी गीत ‘जालमा फसायौ २’ सार्वजनिक भएको छ । नेपाली युवा विदेशी भुमिमा ज्यान गुमाउँदा त्यसबाट परिवारमा पर्न गएको बेदनालाई भाग १ मा समेटिएको थियो । भने, भाग २ मा आफन्त (ज्वाई) गुमाउँदा माईति पक्ष (आमा, बुबा, दाई, भाउजु) लाई पर्न गएको बेदनालाई समेटिएको छ ।
‘जालमा फसायौ २’ गीतबाट भएको कमाई/रकम सिन्धुपाल्चोक जिल्लाको ईन्द्रावति गाउँपालिका वडा नं ५ एसेलुखर्कमा रहेको, मिना थापाले संचालन गर्नुभएको मदर सिस्टर नेपाल बालगृहलाई दिने गौतमले जानकारी दिनुभयो । बालगृहमा विनाशकारी भुकम्पबाट आफ्ना अभिभावक गुमाएका २७ जना बालबालीकाले संरक्षण पाईरहेका छन् ।
‘जालमा फसायौ २’ मा स्वर बिमाकुमारी दुरा, गीतादेवी, पार्वती कार्कि, प्रभावन जे र भुवन प्रकाश बडुको रहेको छ । परिकल्पना तथा निर्देशन प्रभावनजेको रहेको म्युजिक भिडियोमा अग्रज कलाकार रमा थपलिया, भुवन प्रकाश बडु, पार्वती कार्कि, सानु पाण्डे, पुष्प अवस्थि, दामोदर गौतम, सरोज दाहाल र सहयोगी कलाकारको रुपमा पुजा पाठक, राम प्रसाद न्यौपानेले अभिनय गरेका छन् ।
प्रभावन जेको लय, शब्द तथा संगीत संयोजन रहेको गीतको ध्वनी सम्पादन मनोज डंगोल, एरेन्ज भुवन प्रकाश बडु र जिवन बडु ले गरेका छन् भने बिग परिवेश स्टुडियोमा गीत रेर्कड गरिएको हो । काभ्रेपलाञ्चोक जिल्लाको पर्यटकिय नगरि धुलिखेल र रोशि गाउँपालिकामा छायांकन गरिएको म्युजिक भिडियोमा ड्रोन/क्यामेरा रोनिश तामाङ छ ।
कला राजाराम गौतम, सहायक निर्देशन/सम्पादन नविन भट्टको रहेको गीतका परिकल्पना तथा निर्देशन प्रभावनजे हुन् । लामो समय (६ महिना भन्दा बढी) पूर्व तयारी गरी ४ दिन लगाएर छायांकन गरिएको गित २६ मिनेटको रहेको डिएआर मुभिजका राजाराम गौतमले जानकारी दिए ।
भिडियो :-