भिडियोमा ’राते काइला’



नेपाली चलचित्रमा ’राते काइला’ को उपनामले स्थापित सुनिल थापाले म्युजिक भिडियोमा अभिनय गरेका छन् । चलचित्रमा भिलेनको रुपमा देखिदै आएका सुनिल भिडियोमा पनि त्यहि अन्दाजमा देखिदैछन् । उनले अभिनय गरेको भिडियोको सार्वजनिक तस्वीर तथा टिजरमा उनलाई ’बोस’ को रुपमा चित्रण गरिएको अनुमान लगाउन सकिन्छ ।

सम्भवतः उनी पहिलो पटक हिपहप गीतमा देखिएका हुन् । ’झ्याम पुतली’ बिलको हिपहप गीतमा साइक्लोनिक अर्थात बिधान रेशमी मगर र नेपालको फास्ट र्यापरको परिचर बनाएका बुलेट फ्लो अर्थात सुरज बिक्रम थापाले तयार पारेका हुन् । यी दुइ समेत भिडियोमा फिचर्ड छन् । यसको अडियोलाई क्रोनिक बिटले तयार पारेको हो भने यसको भिडियोलाई बेस्मेन्ट स्टुडियोले ।

भिडियोमा इन्टा चाम्लिङ राईको कोरियोग्राफी रहेको छ । भिडियोको सार्वजनिक टिजरले नै यसलाई अन्तराष्ट्रिय लेभलको बनाउने प्रयाश गरिएको अनुमान लगाउन सकिन्छ । ’नेपाली हिपहपको सिनारियोमा यो केहि फरक रहेको र यसको भिडियोलाई पनि विना सम्झौता तयार गरिएको बिधानले बताए ।

सुनिल पनि आफ्नो व्यक्तित्व अनुसार नै भिडियोमा प्रस्तुत भएको बताए । ’हिपहप रुचाउने मात्र होइन गीतसंगीत प्रेमीको मन छुने गरि अडियो र आँखालाई शितलता दिने भिडियो तयार पारेका छौ’ बिधान विश्वस्त सुनिए । गीतको सानो झलक अर्थात टिजर पनि सार्वजनिक गरिएको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu