‘साइँली’ गीतको लोकप्रियता पश्चात् गायक हेमन्त रानाको स्वर रहेको गीत ‘माया बस्यो है’ सार्वजनिक भएको छ । गायक रानाकै शब्द तथा सङ्गीत रहेको गीत विशाल पौडेलले एरेन्ज गरेका हुन् ।
माया प्रेमको भाव बोकेको गीतको भिडियोमा हेमन्त राना, किरण चाम्लिङ राई र मेघा प्रधान फिचर्ड छन् । हेमन्त राना, किरण चाम्लिङ राईको निर्देशनमा बनेको चलचित्रको भिडियोलाई लवेश श्रेष्ठले र रुबिन प्रधानले खिचेका हुन् ।
यस्तै, गीतको भिडियोमा अभिनेता दयाहाङ राईको विशेष उपस्थिति रहेको छ । एक पटक देख्दैमा अनि यथार्थ नबुझेरै माया बसेको सोच्ने आजका युवापुस्तामाथिको मिठो व्यङ्ग्य समेटेर गीतको भिडियो निर्माण गरिएको छ ।
भिडियो :-