अञ्जुको स्वरमा ‘स्विट एण्ड लभ्ली’ (भिडियो)



अञ्जु पन्तको स्वरमा रहेको नयाँ गीत ‘स्विट एण्ड लभ्ली’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द तथा संगीत हेज्नल एम.डि.को रहेको छ भने सञ्जय हमालले संगीत संयोजन गरेका छन् ।

अञ्जु पन्त अहिलेको समयकी सर्वाधिक चर्चित गायिका हुन् । उनले सबै प्रकारको गीतमा स्वर दिएकी छिन् । उनको स्वरमा आइटम गीत भने कमै मात्र रेकर्ड भएका छन् । पन्तले गाएका गीतहरु मध्ये यो गीत फरक शैलीको रहेको यस गीतका रचनाकार तथा संगीतकार हेज्नल बताउँछन् ।

हेज्नलले करिब दुइ दर्जनभन्दा बढी गीतमा शब्द र संगीत दिइसकेका छन् । राजेन्द्र कमल राईले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलार्इ रबिन्द्र बरालले छायाँकन गरेका हुन् ।

आर्यन खड्काले सम्पादन गरेको भिडियो हेज्नलको आफ्नै अफिसियल युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।सार्वजनिक भिडियोमा एन्डिसा खड्का फिचर्ड छिन् । भिडियोको निर्माता इन्दिरा धिमाल हुन् । भिडियोको कलाकारको लागि ओम कलेक्सनले ड्रेस तयार गरेको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu