बोर्डले वार्षिकोत्सवमा चलचित्रकर्मीलाई सम्मान गर्दै



चलचित्र विकास बोर्डले १९औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । वि.सं. २०५७ साल असार १६ गते स्थापना भएको चलचित्र विकास बोर्डले हरेक वर्ष १६ असारलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । वार्षिकोत्सवको अवसरमा नेपाली चलचित्र क्षेत्रमा स्थापनाकालदेखि अहिलेसम्म विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका १० जना चलचित्रकर्मीलाई ‘चलचित्रकर्मी विशेष योगदान सम्मान-२०७६’ बाट सम्मानित गर्ने भएको छ ।

बोर्डका सदस्य दयाराम दाहालको संयोजकत्वमा सम्मानित व्यक्तिहरुको चयन कार्य सुरु भएको बोर्डले जनाएको छ । यस्तै, गत वर्षबाट सुरु भएको पुराना नेपाली चलचित्र तथा वृत्तचित्रहरुलाई डिजिटलाईजेशन गर्ने कार्य जारी रहेको र अहिलेसम्म १० वटा नेपाली कथानक चलचित्र डिजिटलाईजेशन भइसकेको बोर्डले एक विज्ञप्तीमार्फत् जानकारी गराएको छ ।

नेपाली चलचित्रको इतिहास बोकेका कालजायी चलचित्रलाई संरक्षण गरेर भावी पुस्तालाई सुम्पनु पर्ने दायित्व अनुरुप यसलाई डिजिटलाईजेशन गरिएको बोर्डको भनाई छ । डिजिटलाईजेशन तथा रेस्टोरेशन गरिएका चलचित्रहरुका केही दृश्यहरु बोर्डको वार्षिकोत्सवको अवसरमा प्रदर्शन पनि गरिने बोर्डका अन्तर्राष्ट्रिय सम्बन्ध अधिकृत चिरञ्जिवी गुरागाईंद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।


यस्तै, चलचित्र विकास बोर्डले गएको एक वर्षमा गरेका कार्यविवरण र आउँदो आर्थिक वर्षसम्म गरिने भावी योजनाबारे पनि वार्षिकोत्सवको अवसरमा प्रकाश पारिने जारी विज्ञप्तीमा भनिएको छ । तर, लामो समयदेखि रोकिएको बोर्डको स्थापना दिवसका अवसरमा प्रदान गरिने ‘राष्ट्रिय चलचित्र पुरस्कार’ यस पटक पनि नहुने भएको छ । चलचित्र विकास बोर्डको अध्यक्षको कुर्सीमा केशव भट्टराई छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu