५५ वर्षमा लागे राजेश हमाल



नेपाली चलचित्रका चर्चित नायक राजेश हमाल आइतबाट ५५ बर्षमा प्रवेश गरेका छन् । सन् १९६४ जुन ९ तारिखमा पाल्पा जिल्लाको तानसेनमा जन्मिएका हमाल आजबाट ५५ बर्षमा लागेका हुन् ।

मधु भट्राईसँग सन् २०१४ मा विवाह गरेका उनी केही वर्षयता काँचको पर्दाबाट टाढा छन् । पहिलो र सफल चलचित्र ‘युगदेखि युगसम्म’ बाट आफ्नो फिल्मी करिअर सुरुवात गरेका हमाल अरु नायकको तुलनामा सफल नायकको सुचीमा पर्दन् ।

चलचित्र युगदेखि युगसम्मदेखी करिब एक दशक सफल चलचित्रमात्र दर्शकमाझ पस्किएका हमालको पछिल्लो प्रदर्शनमा आएको चलचित्र भने ‘सकुन्तला’ हो । नेपाली चलचित्र उद्योगलाई व्यवसायिकतामा ल्याउन प्रमुख भुमिका खेलेका राजेश हमालले करिब दुई दशक चलचित्र क्षेत्रमा व्यतित गरिसकेका छन् ।

केही वर्ष अगाडी राजेश हमाललाई आफ्नो पति भनेर चितवन कि एक महिलले चरित्र हत्या गर्न खोजेकोदेखी हमालको जीवनमा त्यस्ता धेरै घटना घटेका छन् ।

बसन्ती, जीवनदाता, देउता, गोरेटो, ढुकढुकि, अर्जुन, अल्लारे, आफन्त, धर्मा, खानदान, अधिकार, सन्यास, दुलही, हामी तीन भाइ लगायतका करिब दुई सय बढी चलचित्रमा अभिनय गरेका हमालले विद्यालय स्तरिय शिक्षा मस्कोबाट र उच्च शिक्षा (एम् ए इङ्गलिस) भारतको पंजाब विश्वविद्यालयबाट पुरा गरेका हुन् । नेपालमा कक्षा ८ सम्म सेन्ट जेभियर स्कूलमा उनले अध्ययन गरेका थिए ।

५५ बर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा नायक राजेश हमाललाई ठुलोपर्दा डटकम परिवार पनि हार्दिक शुभकामना व्यक्त गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu