‘भारत’ बुधबार नेपाल रिलिज गर्न दिन अदालतको आदेश



बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कटरीना कैफको प्रमुख भूमिका रहेको चलचित्र ‘भारत’ बुधबार नेपाल रिलिज गर्न दिन जिल्ला अदालत काठमाडौंले अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार मात्र चलचित्र रिलिज गर्न दिने चलचित्र विकास बोर्डको निर्णयविरुद्ध जिल्ला अदालतमा वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्ट (मनोज राठी) ले रिट दायर गरेको थियो ।

अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई चेतावनी दिएको छ । अली अब्बास जफर निर्देशित चलचित्र ‘भारत’ बुधबार नै रिलिज गर्न अदालतले दिएको आदेशको प्रति सम्भवतः मंगलबार बोर्ड अध्यक्ष केशव भट्टराई सामु पुग्नेछ । अदालतको आदेशसँगै अब विदेशी फिल्म अन्य दिनमा पनि प्रदर्शन हुन सक्नेछन् ।

यसअघि चलचित्र ‘कलंक’ लाई भारतमा प्रदर्शनमा आएकै दिन अर्थात् बुधबार नेपालमा पनि रिलिज गर्न बोर्डले रोकेको थियो । किनकि, नेपाली चलचित्र शुक्रबार मात्र रिलिज हुने गर्दछन् । विदेश चलचित्र पनि शुक्रबार मात्र प्रदर्शनमा गर्नुपर्ने भन्दै बोर्डले बोल्ड निर्णय लिएको थियो । विदेशी चलचित्र अन्य दिन प्रदर्शनमा आउँदा नेपाली चलचित्र चेपुवामा पर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu