दीपेन्द्रको निर्देशनमा ‘आमा’ बन्ने, सुर्यमाला र सुरक्षा आमा-छोरी



हरेक चलचित्रमा एक्सपेरिमेन्ट गर्ने निर्देशक दीपेन्द्र के. खनाले नेपालमा बनेको पहिलो नेपाली चलचित्र ‘आमा’ नाम सापटी लिएर तेस्रो पटक चलचित्र निर्माण गर्ने भएको छ । यो नाममा हीरासिंह खत्रीले वि.सं. २०२० मा चलचित्र बनाएका थिए । यसपछि २०५१ सालमा रेसराज आचार्यले पनि ‘आमा’ नाममा चलचित्र बनाएका थिए ।

दीपेन्द्रको निर्देशनमा बन्न लागेको चलचित्र ‘आमा’ को मंगलवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरिएको छ । चलचित्रको छायांकन निर्देशक खनाल आफैंले गर्दैछन् । कथा पनि उनकै हो । यसअघि उनले चलचित्र ‘धनपति’ पनि आफैंले खिचेका थिए । ‘आमा’ ले एक आमा र छोरीको सम्बन्धको कथा वाचन गर्ने बताइएको छ । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् ।

काठमाडौं र रामेछापमा छायांकन हुने चलचित्रको सह-निर्मातामा सन्तोष अधिकारी छन् । चलचित्रको टाइटल क्यारेक्टरमा सुर्यमाला खनाल रहनेछिन् । हालै उनले चलचित्र ‘क्याप्टेन’ मा अभिनेता अनमोल केसीको आमाको भूमिका निभाएकी थिइन् । ‘आमा’ मा छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त अनुबन्ध भएकी छन् । भुपेन्द्र खड्काले चलचित्रको गीत लेखेका छन् ।


देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि अभिनय रहने चलचित्रको छायांकन असार दोस्रो हप्ताबाट सुरु हुँदैछ । प्रदर्शन मिति आउँदो फागुन ९ गतेलाई तय गरिएको छ । निर्देशक खनालले दर्शक र समीक्षक दुबैलाई मनपर्ने चलचित्र बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले यसअघि बनेका ‘आमा’ भन्दा फरक कथामा चलचित्र बन्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu