बुधवार परेको मजदुर दिवसको अवसरमा बैशाख २७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र पसिना’ ले राजधानीमा र्याली निकालेको छ । ‘गरौं सत्कर्म, बगाऔं पसिना’ भन्ने नारासहित चलचित्र युनिटले माइतीघर मण्डलाबाट र्याली निकालेको थियो । र्यालीमा चलचित्रका निर्देशकदेखि कलाकारहरु उपस्थित थिए ।
र्यालीमा चलचित्रका प्रमुख कलाकारहरु भने सहभागी भएका थिएनन् । चलचित्रका निर्देशक आर बि खत्री ‘शरद’ ले चलचित्रले मजदुरहरुको हकहितका लागि आवाज उठाउने भएकाले मजदुर दिवसको अवसरमा र्याली आयोजना गरिएको जानकारी दिए । मजदुरहरुको समस्या समाधान नभएसम्म देश समृद्ध नहुने पनि उनले बताए ।
र्यालीमा सहभागिताका लागि चलचित्रका प्रमुख कलाकारहरुलाई आग्रह गरिएको भए पनि उपस्थित नभएकोमा निर्माता शान्ता ढकालले चित्त दुखाइन् । उनी आफूले पसिना बगाएर बनाएको चलचित्र भएकाले आफैंले प्रचार दौडिरहेको बताउँछिन् । र्यालीमा जयनन्द लामाले सम्पूर्ण कलाकारहरुको प्रतिनिधित्व गरेका थिए ।
मजदुर दिवसकै अवसरमा निर्माण टिमले ‘हावा चल्यो सिरिरी’ बोलको गीत पनि सार्वजनिक गरेको छ । गीतमा राजनराज शिवाकोटीको शब्द तथा संगीत रहेको छ । भने, शब्द नारद रिजालको रहेको छ । गीतको भिडियोमा चलचित्रका कलाकारहरु फिचर्ड छन् । यसमा गौरव पहारी र अनु शाह लिड रोलमा छन् ।
गीत हेर्नुहोस् :-