बैशाख २० गतेबाट तेस्रो ‘रेडियो अन ह्वील्स’



रेडियो कान्तिपुरले ‘रेडियो अन ह्वील्स’ को तेस्रो शृंखला सुरु गर्ने भएको छ । गत वर्षझैं यसपालि देशका १३ सहरमा यो कार्यक्रम हुनेछ । बैशाख २० मा धरानबाट सुरु हुने कार्यक्रम दमक, इटहरी, विर्तामोड, विराटनगर, वीरगन्ज, नारायणगढ, बुटवल, सुर्खेत, धनगढी, नेपालगन्ज र पोखरापछि काठमाडौं आइपुग्नेछ ।

यसमा स्थानीयसँग अन्तरक्रिया गर्दै तीसँग सम्बन्ध बिस्तार गर्न चाहेको रेडियो कान्तिपुरका स्टेशन म्यानेजर दिनेश डीसीले अवगत गराए । उनले रेडियो कार्यक्रमलाई नयाँ शैलीबाट प्रस्तुत गर्न लागेको बताए । ‘अचेल रेडियो सुन्ने बानी कम हुँदै गएको छ,’ उनले भने, ‘हामी यसको अस्तित्व पुनः ताजा गराउन खोज्दै छौं । रेडियो कान्तिपुरको रिब्रान्डिङ गर्ने उद्देश्य पनि हो ।’

गीत, संगीत, प्रहसन र अन्य रोचक गेम सोहरू समावेश गरिने कार्यक्रममा गायिका कुन्ति मोक्तान, टिका प्रसाइँ र गायक कमल खत्रीको साथ रहनेछ । उनीहरुले आफ्नो लोकप्रिय गीतमार्फत् दर्शकलाई मनोरञ्जन दिनेछन् । २५ लाख बढी फलोअर्स रहेको रेडियो कान्तिपुरको फेसबुक पेजबाट कतिपय कार्यक्रम लाइभ गरिने डिसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu