अभिनेता प्रदीप खड्का र अभिनेत्री गुरुङ स्टारर चलचित्र ‘लभ स्टेसन’ को एक हप्ते कलेक्सन निर्माता गोविन्द शाहीले सार्वजनिक गरेका छन् । पहिलो हप्ता चलचित्रले देशभर कुल ३ करोड ७८ लाख ४ हजार ९ सय ८६ कमाएको उनको दाबी छ । तर, यसलाई धेरैलाई गलत रिपोर्ट मानेका छन् ।
यद्यपि, नेपालमा निर्माता र वितरकको रिपोर्टलाई नै सत्य मान्नु पर्ने अवस्था भएका कारण गोविन्दले सार्वजनिक गरेको रिपोर्टलाई पनि सत्य मान्नुको अरु विकल्प छैन । शुक्रवार छोरी काफिया शाहीको जन्मदिन सेलिब्रेट गर्दै निर्माता गोविन्द शाहीले चलचित्रको एक हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गरेका हुन् ।
चलचित्रले पहिलो हप्ता राजधानीभित्र १ करोड ६७ लाख ५१ हजार ७ सय ९ रुपैयाँ र मोफसलमा १ करोड ४० लाख ३३ हजार २ सय ७७ रुपैयाँ ग्रस कलेक्सन गरेको उनको भनाई छ । उनले पहिलो हप्ताको कलेक्सनले लगानी उठेको दाबी गरेका छन् । दोस्रो हप्ताबाट चलचित्र नाफामा जाने उनले बताए ।
चलचित्र ‘लभ स्टेसन’ लाई उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । प्रदीप र जसिताका अलावा चलचित्रमा प्रकाश शाह, रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । आलोक शुक्लाको यसमा छायांकन छ ।