साल्सा डान्स चिनाउन ‘नेपाल ल्याटिन डान्स फियस्टा’



२०१६ देखि नेपालमा साल्सा डान्सको विकासमा लागिरहेको फोर्ट साल्सा स्ट्युडियोले अप्रिल ४ देखि दोस्रो पटक ‘नेपाल ल्याटिन डान्स फियस्टा २०१९’ राजधानीमा सुरु भएकोे छ । ठमेलको छायाँ सेन्टरमा सुरु भएको यो अप्रिल ७ सम्म चल्नेछ ।

नेपालमा साल्सा डान्सको प्रचार, प्रवर्द्धन र प्रोत्साहन गर्न, अन्तर्राष्ट्रियस्तरमा नै साल्सा डान्सलाई चिनाउन, साल्सा डान्सबाट नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउन र साँस्कृतिक पक्षलाई समेत आदानप्रदान गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको योगेशराज श्रेष्ठले जानकारी दिए ।

यो वर्षको इभेन्टमा साल्सा डान्समा विश्व प्रख्यात प्रशिक्षकहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कलाकारहरूको फरक साल्सा डान्सका कला, प्रशिक्षण, विभिन्न क्याम्पहरू, ५० औँ घण्टा बढीका वर्कसपहरू र ४ दिनसम्म चल्ने पार्टी तथा साँस्कृतिक आदानप्रदानका कार्यक्रमहरु इभेन्टको मुख्य आकर्षणको पक्षहरू रहेको बताइएको छ ।

यस वर्षको इभेन्टमा प्रशिक्षकको रूपमा ल्याटिन डान्सकै बचता डान्समा ५ पटकसम्म विश्व विजेता जोडी अस्ट्रेलियाका नेस्टर र रेबिका, ल्याटिन डान्सका किजुम्बाका विश्व गुरू पोर्चुगलका नेल्सन कम्पास, मलेसियाबाट कार्लनिस, भारतबाट याभित सिहं, वर्ड साला समिटको पहिलो एसिकाकै पहिलो निर्णायक बरुन डि एस राणा, बेली डान्समा विश्वको पाँचौँ स्थानमा रहेकी दिप्ती सेठी रहनेछन् ।

नेपालबाट प्रशिक्षकका रूपमा अन्तर्राष्ट्रियस्तरमा नै साल्सा डान्स प्रशिक्षकका रूपमा प्रमाणित भइसकेका आयोजक टिमका योगेशराज श्रेष्ठ र सप्रिना श्रेष्ठ रहनेछ छ्न् भने अन्य प्रशिक्षकमा रियाज श्रेष्ठ, विनायक श्रेष्ठ, अशोक भण्डारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu