‘लभ स्टेशन’ को बाराका हावाहुरीबाट पीडितलाई सहयोग घोषणा



यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘लभ स्टेशन’ टिमले यतिबेला प्रचार-प्रसारलाई तिव्र बनाइरहेको छ । साथमा समाजसेवामा पनि हात अगाडि बढाइरहेको छ । करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई एक लाख र ४५ जना अनाथ बालबालिकालाई पढ्नका लागि लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदानपछि फेरि चलचित्र टिमले बारा–पर्सामा गएको भीषण हावाहुरीबाट पीडितलाई सहयोग घोषणा गरेको छ ।

हावाहरीबाट भएको क्षतीपछि उद्धार, उपचार, राहत र सहयोगमा आफूहरुको साथ रहने बताउँँदै अभिनेता प्रदीप खड्काले यस विपतको समयमा सहयोगको लागि सबैसँग आग्रह पनि गरेका छन् । सोमवार काठमाडौंमा पत्रकार भेटघाट गर्दै ‘लभ स्टेशन’ का प्रस्तुतकर्ता गोविन्द शाही र प्रदीपले बारा जिल्लाका हावाहुरी पीडितहरुलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।


‘बारा जिल्ला बिपद् ब्यबस्थापन कोष’ मार्फत् सो रकम पीडितहरुका लागि सहयोग गरिने अभिनेता प्रदीपले बताए । बाराका जिल्ला प्रशासन प्रमुखसँग सम्पर्क गरी पीडितहरुलाई राहत तथा अन्य सहयोगका लागि अभिनेता प्रदीपले अपिल पनि गरेका छन् । निर्माता गोविन्द शाहीले पनि पीडितलाई सहयोगका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

चलचित्र ‘लभ स्टेशन’ मा प्रदीपले अभिनेत्री जसिता गुरुङसँग रोमान्स गरेका छन् । यसअघि यी दुईले चलचित्र ‘लिलिबिली’ मा पहिलो पटक स्क्रिन साझेदारी गरेका थिए । फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । प्रदीप र जसिताका अलावा चलचित्रमा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाललगायतका कलाकारको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu