‘द भ्वाइस अफ नेपाल सिजन–२’ को डिजिटल अडिसनमा २२ हजारको आवेदन



काठमाण्डौ । द भ्वाइस अफ नेपाल सिजन–२ मार्फत् आफ्नो प्रतिभा देखाउन झण्डै २२ हजार नेपाली प्रतिभाहरुले डिजिटल अडिसनमार्फत् सहभागीता जनाएका छन् ।

चैत १० गतेसम्म तोकिएको समयसीमाभित्र कुल २१ हजार ७ सय प्रतिभाहरुले बिभिन्न डिजिजल माध्यममार्फत् आबेदन दिएको कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

‘यसपटक हामीले मोबाइल एपसँगै सामाजिक सञ्जाल र म्यासेजिङ एपमार्फत् पनि आबेदन खुला गरेका थियौं’ पौडेलले भने– सवै माध्यम खुला गरिएका कारण यो बर्ष उत्साहजनक सहभागीता देखिएको छ ।’

एप डाउनलोड गरेर सहभागीता जनाउन कठिनाई महसुस गर्ने प्रतिभाहरुले फेसबुक म्यासेन्जर, भाइkबर, ह्वाटसएपमार्फत् पनि हजारौंको संख्यामा आबेदन दिएका छन् । चैत १० मै म्याद सकिएपनि अझै दैनिक सयौंको संख्यामा आबेदन आइरहेको निर्देशक पौडेलले बताए ।

प्राप्त भिडियो क्लिपहरुमाथि उत्पादन तथा संगीत टीमले परीक्षण गरेर उत्कृष्ट प्रतिभाहरुको छनौट गरिने छ । छानिएका प्रतिभाहरुले कोचसामु ब्लाइन्ड अडिसनमा सहभागीता जनाउन पाउनेछन् । कोचहरुको कुर्सी घुमेसँगै प्रतिभाहरुको भाग्य पनि बदलिनेछ ।

हिमालय टेलिभिजनको एचडी सेवा शुभारम्भसँगै गत माघ १ गतेबाट सुरु भएको डिजिटल अडिसनमा सहभागी हुने समय चैत १० गतेसम्म तोकिएको थियो । यही असारबाट प्रसारण सुरु हुने दोस्रो सिजनलाई हिमालय टेलिभिजन एचडीले प्रसारण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu