जम्मु काश्मिर पुलवामा भएको घटनालाई लिएर चलचित्र बन्ने भएको छ । जम्मु काश्मिरमा भएको आतंकवादी आक्रमणमा परी ४० जना भारतीय सेनाको ज्यान गएको थियो ।
यस घटनालाई लिएर बलिउड फिल्म निर्देशक अभिषेक कपुरले चलचित्र निर्माण गर्ने भएका छन् । उनले यस चलचित्रका लागि इशान खट्टरलाई प्रमुख भुमिका लिने बताइएको छ । यस चलचित्रमा क-कसलाई लिने भन्ने कुरा आधिकारीक रुपमा घोषणा भने भएको छैन ।
यसअघि उनले निर्माण गरेको चलचित्र ‘धडक’ मा पनि इशान प्रमुख भुमिकामा देखिएका थिए । इसानले भने यस चलचित्रबारे आफ्ना दाजु साहिद कपुरसँग सल्लाह गरिरहेको बताएका छन् ।