पिता बन्ने खुसीमा श्रीमतीसँग रोमान्टिक आर्यन



बैबाहिक जीवनमा बाँधिएको करीब ४ वर्षपछि अभिनेता आर्यन सिग्देल पिता बन्दैछन् । नयाँ वर्ष २०७६ साल बैशाखमा आर्यन पत्नी सपना भण्डरी सिग्देलले पहिलो सन्तानलाई जन्म दिँदैछिन् । आइतबार सपनाले आफ्नो फेसबुकमा ‘बेबी बम्प’ देखाउँदै श्रीमान् आर्यनसँगका रोमान्टिक तश्बिरहरु साझेदार गरेकी छन् । तश्बिरमा दुबै निकै खुसी देखिएका छन् ।

आर्यन पहिलो सन्तानलाई स्वागत गर्न निकै उत्साहित रहेको तश्बिर हेर्दा अनुमान लगाउन सकिन्छ । तश्बिरमा श्रीमती सपनाको ‘बेबी बम्प’ मा चुम्बन गरेकोदेखि बच्चाको कपडा हातमा खेलाउँदै उनी दंग देखिएका छन् । एक तश्बिरमा भने उनको हातमा चलचित्रको क्ल्यापमा छ, जसमा लेखिएको छ- ‘रिलिजिङ द न्यू इयर २०७६’ । तश्बिरमा दुईको जोडी कमालको देखिएको छ ।


‘कसैसँग यति धेरै प्रेम गर्न कसरी सम्भव छ ? मलाई कहिल्यै थाहा थिएन कि एक मोटो पेट यति धेरै सुखद हुन्छ’, सपनाले तश्बिरसँगै क्याप्सनमा अगाडि लेखेकी छन्, ‘२०७१ सालकोे बैशाख मेरो लागि खास थियो, जसले मेरो जिन्दगी बदलियो । अब २०७६ सालको बैशाख अझ खास हुनेछ, जसले हाम्रो जिन्दगी बदलिनेछ ।’ अहिले उनी गर्भमा बच्चा हुँदाको सुखद पल विताइरहेकी छन् ।

आर्यन र सपनाको वि.सं २०७१ साल वैशाख ६ गते प्रेम विवाह भएको थियो । विवाह अगाडि उनीहरु करीब ४ वर्ष प्रेम सम्बन्धमा थिए । सपना, आर्यनको ‘डाइहार्ट’ फ्यान थिइन् । उनी आर्यनभन्दा ७ वर्ष कान्छी हुन् । हालै ‘हजार जुनीसम्म’ को छायांकन सकाएका आर्यन अहिले साम्तेन भुटियाको चलचित्र ‘चच हुई’ मा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu