पहिलेको ‘चट्ट रुमाल’ राम्रो कि अहिलेको ? (हेर्नुहोस् भिडियोहरु)



काठमाण्डौ। झण्डै बीस बर्ष पुरानो सुपरहिट गीत ‘चट्ट रुमाल क्या मालुम’को नयाँ भर्सन सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक गीतको अडियो तथा भिडियोमा नयाँ पुस्ताका कलाकारहरु मात्र छन् । यो गीत चैत्र २९ गते रिलीज हुने चलचित्र ‘यात्रा’मा समावेश गरिएको छ ।

धर्मेन्द्र सेवान र मेलिना राईले गाएको गीतको संगीतमा कुनै परिवर्तन छैन भने रि-एरेन्ज गरिएको छ । गीतलाई राजन ईशानले एरेन्ज गरेका छन् । भिडियोमा नायक सलिनमान बनिया, सलोन बस्नेत, नायिका मलिका महत, प्रेक्षा बज्राचार्य लगायतका कलाकारहरुले नृत्य गरेका छन् भने प्रविण सिंहले कोरियोग्राफी गरेका छन् ।

तपाईँलाई स्मरण गराउँ, सुपरहिट चलचित्र ‘आफ्नो मान्छे’मा रहेको पुरानो गीतमा नायक श्रीकृष्ण श्रेष्ठ र नायिका निरुता सिंहको नृत्य रहेको छ । यतिबेला हामीमाझ नायक श्रेष्ठ नभएतापनि निरुता सिंहले भने नेपाली चलचित्रमा समय दिईरहेकी छन् । तर, यो गीतको भिडियोमा भने उनि देखा पर्दिनन् । शम्भूजीत बास्कोटाको संगीत रहेको गीतलाई बाबुराम दाहालले लेखेका हुन् । पुरानो गीतमा गायिका साधना सरगमको साथमा शम्भूजीत आँफैले गाएका थिए । बास्कोटाले यसपटक नयाँ गीतमा भने नयाँलाई अवसर दिएका छन् ।

आज हामीले तपाईँलाई पहिले र अहिलेको दुवै गीतको भिडियोहरु प्रस्तुत गरेका छौँ । तपाईँले नै यकिन गर्नुहोस् कि पहिलेको ‘चट्ट रुमाल क्या मालुम’ राम्रो कि अहिलेको ?

नयाँ:

पुरानो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu