अपाङ्गता भएका व्यक्तिहरुको सहयोगको लागी ‘मोक्ष’ च्यारिटी हुने



mokshya
ठुलोपर्दा डटकम, काठमाडौं।
नेपालमा जती चलचित्र बन्छन त्यो मध्ये प्रायः चलचित्र काल्पनिक कथामा आधारित हुन्छन । तर पछिल्लो समय यथार्थ कथामा आधारित चलचित्र निर्माण गर्ने क्रमले पनि तिब्रता पाईरहेको छ । यो क्रम चलिरहँदा चलचित्रका निर्देशक कै कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘मोक्ष’ यतिबेला चर्चामा छ । चर्चित वितरक तथा निर्माता सुनिल मानन्धरले निर्माण गरेको यो चलचित्रमा निर्देशक प्रबिण श्रेष्ठकै जीवनकथा समेटिएको छ ।

पछिल्लो समय चर्चा कमाईरहेको यो चलचित्रले सामाजिक कार्यमा समेत पाईला अगाडी बढाउँदै अपाङ्गता भएका व्यक्तिहरुको सहयोगको लागी आउँदो माघ ९ गते राजधानीमा ‘च्यारिटी शो’ गर्ने भएको छ । काठमाण्डौको जय नेपाल हलमा गर्न लागिएको सो च्यारिटी शोबाट उठेको रकमको ६० प्रतिशत रकम सक्षम नेपाल नामक संस्थालाई प्रदान गरिनेछ ।
माघ २४ गतेबाट देशब्यापी प्रदर्शनको तयारीमा रहेको यो चलचित्रमा कोशिश क्षेत्री र बेनिसा हमाल, बिक्रम सिंह, दिपेश भण्डारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

‘मोक्ष प्रोडक्सन र श्रीराम बालाजी फिल्मस्’को व्यानरमा तयार भएको यो चलचित्रमा कलेज पढ्ने चार केटाहरुको एउटा सांगीतिक समूह र यो समूहमा आबद्ध एक मुख्य सदस्यको मेरुदण्ड पक्षघात पश्चात हुने घटनाक्रमलाई देखाउन खोजेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu