काठमाण्डौ। नेपालका प्रसिद्द कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सिताराम कट्टेल ‘धुर्मुस’, केदार घिमिरे ‘माग्ने बुढा’, जीतु नेपाल ‘मुन्द्रे’, दीपकराज गिरी, दीपाश्री निरौला, रबिन्द्र खड्का लगायतका कलाकारहरु काठमाण्डौको सिटि सेन्टरमा भेटिएका छन् । सेन्टरको चौँथो तल्लामा रहेको नाईन्टीन सेभेन्टी सेभेन फुड स्टेशनको उद्घाटनको अवसर पारी कलाकारहरुको जमघट भएको थियो ।
फुड स्टेसनको यहि डिसेम्बर २१ बाट ग्राण्ड ओपनिङ्ग भएको छ । उद्घाटनको अवसरमा स्टेशनमा पाईने विभिन्न परिकारहरु कलाकारले खाएका थिए । उक्त अवसरमा फुडस्टेशन ग्राहकको सन्तुष्टीमा प्रतिवद्द रहनेमा कलाकारहरुले बिश्वास व्यक्त गरे ।
स्टेशनको जनवरी १ सम्म उद्घाटन सत्र रहेको छ । यो फुड स्टेसनमा चाईनिज, कोरिएन, कन्टिनेन्टल, बलिवुड बिरयानी, दुबाई क्याफेटेरिया सहित विभिन्न स्वाद र प्रकारको खाना र डोमेस्टिक तथा इम्पोर्टेट ब्राण्डका पेय पदार्थको मज्जा लिन सकिने बताईएको छ ।
बिग मुभिज सिनेमा पनि सोही स्थानमा रहेकोले सिनेमा हेर्न आउने दर्शकहरुले सिनेमाको साथै विभिन्न प्रकारको खानाको मज्जा लिन सञ्चालक श्री मोहन कृष्ण श्रेष्ठले बताए ।
फुड स्टेशनलाई मोहन कृष्ण श्रेष्ठ, वाई. एल. लामा, शैलेस प्रजापती, मनिष राजभन्डारी, महेश कार्की र दिपक जोशीको ग्रुपले सञ्चालनमा ल्याएको हो । श्रेष्ठ नेपाली चलचित्रका निर्माता समेत हुन् ।