सलमानले रिजेक्ट गरेका थिए ‘जीरो’



आनन्द एल राय निर्देशित प्रतिक्षीत चलचित्र ‘जीरो’ को ट्रेलर रिलिज भइसकेको छ । सुपरस्टार शाहरुख खानको ५३ औं जन्मदिनमा शुक्रवार ट्रेलर सार्वजनिक गरिएको थियो । यसमा उनीसँगै कटरीना कैफ र अनुष्का शर्मा पनि प्रमुख भूमिकामा छन् । अभिनेता सलमान खान केमियो रोलमा छन् ।

‘जीरो’ का लागि पहिलो अप्रोच शाहरुख नभई सलमानलाई गरिएको थियो । शाहरुख स्वयमले यो कुराको खुलासा ट्रेलर रिलिज कार्यक्रममा गरे । भने, ‘सलमान ‘जीरो’ को हिस्सा बन्न चाहेका थिए किनकी पहिला बउआ सिंहको रोल उनलाई अफर गरिएको थियो । तर, केही कारणले उसले चलचित्र गर्न सकेन ।’


उनले सलमानलाई स्टोरी निकै मन परेपनि काम विशेषले गर्न नपाएको बताए । उनी भन्छिन्, ‘कथा निकै मन परेका कारण उनी कुनै न कुनै तरिकाबाट यसको हिस्सा बन्न चाहन्थे ।’ शाहरुखले फेरि भने, ‘फेरि सलमानले मलाई फोन गरेर भन्यो कि एक चलचित्र छ त गर ।’

शाहरुख खानले ‘जीरो’ मा पुट्केको रोल गर्न मुश्किल नभएको बताएका छन् । उनी भन्छन्, ‘मेरो लागि यो क्यारेक्टर सजिलो थियो । तर अनुष्का शर्माका लागि मुश्किल थियो । मेरो मुश्किल भिएफएक्स र सिनेमेटोग्राफीका कारण सहज भएको थियो । चलचित्र गर्दैगर्दा मैले फ्रिडम फिल गरेँ । यो फिल्म बनाउनु थिएन, जिउनु थियो । यो चलचित्र जिन्दगीको दर्शन हो ।’

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu