प्रोड्युसर लिएर दुवई पुगे जनकदिप | हरेक शुक्रवार चलचित्र देखाईने



produser-poster
ठुलोपर्दा डटकम, काठमाडौं।
नेपाली कथानक चलचित्र ‘प्रोड्यूसर’का निर्देशक जनकदिप पराजुली दुवई पुगेका छन् । शुक्रवार हुने चलचित्रको प्रिमियरको लागी तथा चलचित्रको प्रचार-प्रसारको लागी निर्देशक पराजुली दुबई पुगेका हुन् ।

दुवई पुगेका निर्देशक पराजुलीले ठुलोपर्दालाई दिएको जानकारी अनुसार चलचित्र ‘प्रोड्यूसर’लाई अबको एक महिना सम्म हरेक हप्ताको शुक्रवार- शुक्रवार दुवई तथा अवुदावी शहरमा देखाईने छ ।

दुबईको एनआरएनको सहयोगमा चलचित्र प्रदर्शन गर्न लागी चाँजो पाँजो मिलाईएको हो । चलचित्र भित्रकै कथाबस्तुलाई उठान गरेको यो चलचित्रले प्रदर्शन पश्चात हरेक दर्शकलाई पुर्णतः मनोरञ्जन दिने निर्माण युनिटको बिश्वास छ । यो चलचित्र कमेडीबेसको चलचित्र हो ।

राजकुमार राईको निर्माणमा आरसी पिक्चर्स र द मिडियाज कलेक्शनको संयुक्त लगानीमा तयार भएको यो चलचित्रका प्रस्तुतकर्ता ज्योतीराज राई हुन् । यो चलचित्रमा श्याम अर्याल, बाबु बोगटी, विल्सन विक्रम राई, श्वेता भट्टराई, श्याम राई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu