आफ्नो बयानका कारण चर्चा र विवादमा आइरहने अभिनेत्री कंगना रनौतले फेरि पूर्व प्रेमी तथा अभिनेता ऋतिक रोशनको नाम जोडेर सबैलाई हैरान बनाएकी थिइन् । एक च्यानलले सोधेको ‘मिटु’ प्रश्नमा कंगनाले भनिन्, ‘विकास बहलसँग जे पनि भयो त्यो राम्रो भयो । यस्ता धेरै मान्छे छन् इन्डस्ट्रीमा । एक विकास बहल मात्र होइनन् ।’
‘अहिले नै हामीले विजयी महशुस गर्न आवश्यक छैन । हामी टाढासम्म जानु छ । यहाँ यस्ता मान्छे मात्र छैनन्, जो युवतीसँग जोर-जबर्जस्ती गर्छन् । फिल्म इन्डस्ट्रीमा यस्ता पनि मान्छे छन्, जो युवतीसँग झुटो बाधा गरेर, विवाह वा कामको बहाना दिएर रिलेसन बनाउँछन्’, उनले भनिन् ।
उनले युवतीसँग झुटो बाधा गर्नु पनि ह्यारसमेन्टको क्याटोगरीमा आउने बताइन् । कंगना थप्छिन्, ‘यस्ता मानिस आफ्ना पत्नीलाई ट्रफी जसरी राख्छन् र एक योङ युवतीसँग सम्बन्ध राख्छन्, बिहेको झुटो बाधा गर्छन् ।’ उनले ऋतिक रोशनको नामै लिएर भनिन्, ‘हो, म उसैको कुरा गर्दैछु ।’
‘ऊसँग कसैले काम गर्नु हुँदैन’ उनले भनिन्, ‘यस्ता मानिसलाई बाइकट गर्नुपर्छ ।’ ऋतिक र कंगनाको विवाद निकै पुरानो हो । यी दुई निकै वर्ष अगाडि रिलेसनशिपमा थिए । ब्रेकअपबाट आहत कंगनाले ऋतिकमाथि कयौं आरोप लगाएकी छन् । दुईको झगडा कोर्ट समेत पुगिसकेको छ ।