एसआरएस इन्टरटेडमेन्ट र पिएम ज्ञाङ्गमी मगरको संयूक्त प्रस्तुतिमा ‘सर सर’ बोलको लोक-पप शैलीको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतमा मंगोलियन हर्टका गायक राजु लामा र गायिका रमिला ज्ञाङ्मी मगरको युगल स्वर रहेको छ।
डि.पी.खनालका लोक शब्दलाई धनु ज्ञाङ्मी मगरले संगीत भरेका छन् भने उदय राज पौडेलले सँगित सँयोजन गरेका छन् ।
सुब्रतराज आचार्यको निर्देशन तथा जया शर्माको सहनिर्देशन रहेको सरसरमा मोडल गम्भीर विष्ट, एलिशा राई साथै प्रकाश बस्नेत र नृत्य समुहको अभिनय रहेको छ ।
गम्भीर बिष्ट स्वयम र सुरेन्द्र वसेलको कोरियोग्राफी रहेको यस गीतलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् भने नविन निरौलाको सम्पादन रहेको छ ।
भिडियो :-