महेश भट्टले आफ्नो सुपरहिट चलचित्र ‘सडक’ को रिमेक बनाउन लागेको खबरले लामो समयदेखि चर्चा पाइरहेको छ । अन्ततः उनले यो चलचित्र बनाउने फैसला लिएका छन् ।
चलचित्रको कहानी के हुनेछ र पछिल्लो चलचित्रसँग कति इन्स्पायर्ड हुनेछ ? यो भने खुलाइएको छैन । उक्त चलचित्रमा महेश भट्टले आफ्नी कान्छी छोरी आलिया भट्टलाई निर्देशन गर्ने भएका छन् ।
बलिउड हंगामाको रिपोर्ट अनुसार, आलिया र सञ्जय दत्त चलचित्रमा देखिनेछन् । यसका अलावा आदित्य रोय कपूर र पूजा भट्टको पनि महत्वपूर्ण भूमिका रहने बताइएको छ । यही महिनाको अन्त्यबाट चलचित्रको छायांकन आरम्भ हुने महेशले बताएका छन् ।
भट्ट परिवार यो चलचित्रलाई अर्को वर्ष २०१९ को नोभेम्बरमा रिलिज गर्ने तयारीमा छ । अहिलेसम्म चलचित्रलाई लिएर कुनै घोेषणा भने भएको छैन । अचेल आलिया भट्ट चलचित्र ‘ब्रह्मास्त्र’ को छायांकनमा व्यस्त छिन् ।